बाजुरामा ट्याक्टर दुर्घटना : दुई जनाको मृत्यु, पाँच  घाइते

बाजुरामा ट्याक्टर दुर्घटना : दुई जनाको मृत्यु, पाँच  घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १३ मंसिर २०८३
  • 456
    Shares

काठमाण्डौ, १२ मंसीर २०८३ ।

बाजुरामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने पाँच  जना घाइते भएका छन् ।

पिलुचौरबाट मनिकाँडातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००२ त ४६८७ नम्बरको ट्याक्टर जगन्नाथ गाउँपालिका–३ दाउणामा शुक्रबार साँझ ६ :३० बजे अनियन्त्रित भई सडकबाट करिब पाँच सय मिटर तल खसेर दुर्घटनाग्रस्त हुँदा दुई जनाको मृत्यु भएको हो भने पाँच  जना घाइते छन् ।

उक्त दुर्घटनामा जगन्नाथ गाउँपालिका–३ मनिकाँडाका ४५ वर्षीय धनरूप शाही र ३५ वर्षीय धर्म शाहीको मृत्यु भएको प्रहरीले पुष्टि गरेकाे छ ।

सोही दुर्घटनामा ट्याक्टर चालक अछामको रामारोशन गाउँपालिका–४ का २१ वर्षीय नवीन बोहरा, जगन्नाथ–३ की ४० वर्षीया बिउरा ओड, ४५ वर्षीया सिद्धा ओड, २२ वर्षीया संगीता शाही र ५२ कि रामशरा देवी सिंह घाइते भएका छन् प्रहरीला जानकारी दिएको छ ।उनीहरूको अवस्था मध्यम रहेको छ। उनीहरूकाे उद्दार गरि प्रहरीले जिल्ला अस्पताल पठाइरहेकाे छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार