२५ जेठ, काठमाडौं ।
प्रधानमन्त्री शेरबहादुर देउवा धर्म कर्ममा निकै विश्वास गर्छन । भाग्यमा विश्वास गर्ने देउवाले मठमन्दीरमा विश्वास राख्छन । अझै प्रधानमन्त्री देउवाकी श्रीमती आरजु राणा देउवा त झन धर्मकर्ममा धेरै विश्वास राख्छिन् ।

सपथ लिएपछि पदभार ग्रहण गर्नु अघि प्रधानमन्त्री देउवा उपप्रधानमन्त्रीद्धय कृष्णबहादुर महरा र विजयकुमार गच्छदारले सन्त कृष्णदास जी महाराजसँग आर्शिवाद लिएका फोटो सार्वजनिक भएको छ ।

देउवाले सोही अवसरमा प्रधानमन्त्री निवास वालुवाटारमा सर्ने साइत पनि हेर्न लगाएका थिए । तर हतारमा रहेका देउवाले साइत हेरेर खबर गर्न उनलाई आग्रह गरेको बताइएको छ ।
– See more at: http://nepaliheadlines.com/%e0%a4%b5%e0%a4%be%e0%a4%b2%e0%a5%81%e0%a4%b5%e0%a4%be%e0%a4%9f%e0%a4%be%e0%a4%b0-%e0%a4%b8%e0%a4%b0%e0%a5%8d%e0%a4%a8-%e0%a4%b9%e0%a4%be%e0%a4%a4-%e0%a4%b9%e0%a5%87%e0%a4%b0%e0%a4%be%e0%a4%89/#sthash.fPCAT26Y.dpuf