लगातार बढ्यो अमेरिकी डलरको भाउ : युरोलगायत अन्य विदेशी मुद्राको मूल्य घट्दो

लगातार बढ्यो अमेरिकी डलरको भाउ : युरोलगायत अन्य विदेशी मुद्राको मूल्य घट्दो


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २९ कार्तिक २०८३
  • 1.3K
    Shares

पोखरा , २८ कात्तिक २०८३।

नेपाल राष्ट्र बैंकले आज कात्तिक २८ गते शनिबारका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।

जसअनुसार अमेरिकी डलरको भाउ लगातार दोस्रो दिन बढेको छ।

आज अमेरिकी डलर १ को खरिददर १५० रुपैयाँ ४९ पैसा र बिक्रीदर १५१ रुपैयाँ ०९ पैसा तोकिएको छ। 

यसअघि शुक्रबार अमेरिकी डलर १ को खरिददर १५० रुपैयाँ १८ पैसा र बिक्रीदर १५० रुपैयाँ ७८ पैसा थियो भने बिहीबार खरिददर १४९ रुपैयाँ ६१ पैसा र बिक्रीदर १५० रुपैयाँ २१ पैसा थियो।

उता युरोपियन युरोलगायत अन्य विदेशी मुद्राको विनिमयदर भने लगातार तेस्रो दिन घटेको छ। 

आज युरो १ को खरिददर १६६ रुपैयाँ ४३ पैसा छ भने बिक्रीदर १६७ रुपैया १० पैसा छ।

यसअघि शुक्रबार युरो १ को खरिददर १६६ रुपैयाँ ६० पैसा छ भने बिक्रीदर १६७ रुपैया २७ पैसा थियो भने बिहीबार खरिददर १६६ रुपैयाँ ६४ पैसा र बिक्रीदर १६७ रुपैया ३० पैसा थियो।

यसैगरी आज पाउन्ड स्ट्रलिङ १ को खरिददर १९९ रुपैयाँ १६ पैसा र बिक्रीदर १९९ रुपैयाँ ९५ पैसा तोकिएको छ।

यसअघि शुक्रबार पाउन्ड स्ट्रलिङ १ को खरिददर १९९ रुपैयाँ ३१ पैसा र बिक्रीदर २०० रुपैयाँ ११ पैसा थियो भने बिहीबार खरिददर १९९ रुपैयाँ ३६ पैसा र बिक्रीदर २०० रुपैयाँ १६ पैसा थियो। 

यस्तै आज स्विस फ्रांक १ को खरिददर १७९ रुपैयाँ ७९ पैसा र बिक्रीदर १८० रुपैयाँ ५० पैसा छ। 

यसअघि शुक्रबार स्विस फ्रांक १ को खरिददर १८० रुपैयाँ ५६ पैसा र बिक्रीदर १८० रुपैयाँ ५० पैसा छ थियो भने बिहीबार खरिददर १८० रुपैयाँ ६१ पैसा र बिक्रीदर १८१ रुपैयाँ ३४ पैसा छ थियो। 

अन्य विदेशी मुद्राको मूल्य पनि घटेको छ।

हेर्नुहोस् सूची

प्रतिक्रिया
सम्बन्धित समाचार