तनहुँ , २८ कात्तिक २०८३।
तनहुँको आँबुखैरेनीमा गएराती स्कुटर दुर्घटनाग्रस्त हुँदा २४ वर्षीय एक युवाको मृत्यु भएको छ।
म.प्र.०३–४८ प ६३७६ नम्बरको स्कुटर पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा बिहीबार राति दुर्घटनाग्रस्त हुँदा एक युवाको मृत्यु भएको हो भने अर्को एक जना घाइते छन्भ।
स्कुटर अनियन्त्रित भइ डिभाइडरमा ठक्कर खाएर भएको उक्त दुर्घटनामा स्कुटरमा सवार आँबुखैरेनी गाउँपालिका–१ आँधीमूल बस्ने २४ वर्षीय अमन भुजेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ । सोही दुर्घटनामा परेर स्कुटर चालक सोही ठाउँ बस्ने २७ वर्षीय विजय भुजेल घाइते भएका छन् । उनको हाल चितवनस्थित चितवन मेडिकल कलेज मा उपचार भैरहेको प्रहरीले जनाएको छ।