पोखरामा रोकिराखेको बोलेरोमा स्कुटर ठोक्किँदा म्याग्दीका दुई युवकको मृत्यु

पोखरामा रोकिराखेको बोलेरोमा स्कुटर ठोक्किँदा म्याग्दीका दुई युवकको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २८ कार्तिक २०८३
  • 1.7K
    Shares

पोखरा, २७ कात्तिक २०८३।

पोखरामा रोकिराखेको बोलेरो जिपमा स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।

पोखरा महानगरपालिका–५ जिरो किलोमिटर नजिक शुक्रबार दिउँसो करिब २:५० बजे रोकिराखेको लु ३ च ५२७४ नम्बरको बोलेरो जिपमा ग २३ प १७१६ नम्बरको स्कुटर पछाडिबाट ठोक्किँदा म्याग्दीका दुई युवाको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका स्कुटर चालक म्याग्दीको मंगला गाउँपालिका–९, दारुङका २१ वर्षीय विवेक दर्जी र पछाडि सवार रघुगंगा गाउँपालिका–३ का २६ वर्षीय मोहन परियारको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीले दुर्घटनामा संलग्न स्कुटर, बोलेरो जिप र बोलेरो चालक पोखरा महानगरपालिका–२८ कालिका निवासी ४८ वर्षीय अमृत बजगाईंलाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार