नवलपरासी, २४ कार्तिक २०८३।
नवलपरासीको सुनवलमा हाइसले स्कुटरलाई ठक्कर दिंदा स्कुटर चालकको निधन भएको छ भने उनको श्रीमती घाइते भएकी छिन्।
नवलपरासी (जिल्लाको सुनवल नगरपालिका-५ वनकट्टी चोकस्थित पूर्व-पश्चिम राजमार्ग अन्तर्गत सडकमा हाइसको नम्बर लु १ ज ६९८ र स्कुटरको नम्बर लु ४ प ३२७ नम्बरको स्कुटर एकापसमा ठोक्किंदा स्कुटर चालकको निधन भएको हो भने श्रीमती घाइते छिन।
उक्त दुर्घटनामा परेर गम्भीर घाइते भएका स्थानीय ५५ वर्षीय अर्जुन चौधरीको उपचारका क्रममा अस्पतालमा निधन भएको प्रहरीले बताएको छ। सोही दुर्घटनामा घाइते भएकी अर्जुन चौधरीको ५० वर्षीया श्रीमती आशानी चौधरीको उपचार भइरहेको प्राप्त समाचारमा जनाइएको छ।
श्रीमान्-श्रीमती सवार स्कुटरलाई हाइसले ठक्कर दिएपछि घटनास्थलमा केहीबेर सवारी आवागमन प्रभावित भएको थियो। स्थानीयको सहयोगमा घाइते दुवै जनालाई उपचारका लागि अस्पताल लगिएको थियो।
एकै परिवारका दुई जना दुर्घटनामा परेपछि परिवार र आफन्तजन शोकमा डुबेका छन्। गाउँमा पनि शोक छाएको छ।
दुर्घटनाको कारण र हाइस चालकको अवस्थाबारे थप अनुसन्धान भइरहेको छ। प्रहरीले घटनाबारे थप विवरण संकलन गरिरहेको जनाएको छ।