गर्भवती श्रीमती छोडेर केटी भगाउने प्रचण्डको पार्टीमा,यसरी पोखिन श्रीमतिले पिडा

गर्भवती श्रीमती छोडेर केटी भगाउने प्रचण्डको पार्टीमा,यसरी पोखिन श्रीमतिले पिडा


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २५ जेष्ठ २०७४
  • 22.3K
    Shares

कुनै समय दलित जनजाती पार्टीको रुपमा स्थापित बहुजन शक्ति पार्टीका पदाधिकारी सहित केही केन्द्रीय सदस्यहरु माओवादी केन्द्रमा समाहित हुँदै थिए ।

बरिष्ठ उपाध्यक्ष राधेश्याम पासवान, उपाध्यक्ष गोविन्द नेपालीसँगै पार्टीका महासचिव पनि थिए मेखराज परियार । परियार त्यस्ता विवादीत व्यक्ति थिए जसले आफ्नै ८ महिना गर्भवति श्रीमतिको विचल्ली पारेर आफूभन्दा आधा उमेरकी एक बर्श अगाडी १८ वर्षिय केटि लिएर फरार भएका थिए ।

ती केटीको बुवाले फोनमा मसँग ‘मेरी कम उमेरकी छोरीलाई मेखराज परियारले काठमाण्डुमा पढाईदिने भनेर लगेको हो तर गलत गरेछ, मैले भेटेँ भने यसै छोड्दिनँ’ भनेको अडियो मसँग अझै छ । यो विषयमा मैले विश्वेन्द्र पासवानसँग कुरा गर्दा उन्ले ‘त्यो मेखराजले विदेश पठाईदिन्छु भनेर धेरैसँग पैसा ठगेको रहेछ, धेरैको गुनासो आएपछि हामीले पार्टीबाट हटाईसक्यौँ’ भने । आज उनै मेखराज परियार बहुजन शक्ति पार्टीको महासचिवको हैसियतमा माओवादी केन्द्रमा प्रवेश गरेछन् ।यो कुरा महाबिर बिश्वकर्माले स्टाटस लेखे पछि चर्चामा आएको हो।

गर्वभती श्रीमती छाडेर अर्कै लिएर हिडेका पासवानको पहिलो श्रीमतिको अन्तरवार्ता भिडियो भाईरल भएको छ।

बहुविवाह गर्ने अपराधीलाई पार्टी प्रवेश गराएको भन्दै माओवादी केन्द्रका तल्लो तहका नेता कार्यकर्ताले पनि पार्टी प्रति प्रश्न उठाएको छ।

के भन्छीन् उनको श्रीमिति 

मेखराज परियारले आफ्नो श्रीमिति  अर्कै संग गएको भन्दै उनले दोश्रो श्रीमिति सीतालाई फकाएर बिवाह गरेको खुलेको छ । सीताले कुराकानीमा परियारको नियतमानै खोट रहेको बताएकी छन् ।उनले मेखराज परियारको राजनीति भनेको बुढा विदेश गएका श्रीमतीको पैशा खोस्ने काम गर्ने रहेको बताइन्।

२०६९ साल जेष्ठमा पासवानले गोरखा जौवारी घरा भएका सिता परियार मेरो पहिलो श्रीमति पोइला गएको भन्दै आफु सङ्ग बिहे गरेको वताईकि छिन। एक महिना सम्म फोनमा कुरा हुन्थ्यो। त्यस पछी हामीले बिहे गर्‍यौ। बिहे भए पछी केही समय राम्रै थियो,पहिलो सन्तान पनि भयो। सन्तान भएको ५/६ महिना पछी उहा अलि टाढिन खोज्नु भयो। अहिले मेरो गर्वमा ९ महिनाको वच्चा छ।

दोस्रो वच्चा पेटमा भए पछी मलाई माइत गएर बस म पार्टीको काममा बाहिर धेरै हिड्नु पर्छ तिमीलाई स्याहार पुग्दैन भन्दै मलाई माइत पठाए। म माइत आए पछी उहाले कति फोन उठाउनु हुन्थेन।कहिले काही उठाई हाले पनि म चाडै आउला, तिम्रो माइती छदै छ नि भन्दै आश्वान मात्र दिनु हुन्छ। पछी अाफन्तकै मुखबाट श्रीमानले फेरी अर्कै केटीहरु सङग हिडेको  थाहा पाए। उनले रुदै भनी राजनीति भनेको बुढा विदेश गएका श्रीमतीको पैशा खोस्ने काम गर्ने, अहिले म र मेरो यो सानो वच्चा अनि गर्वको यो वच्चालाई विच्ल्ली पारेको छ।

अहिले सम्म मेरो माइतिले मलाई हेरेको छ। उहा खुले आम हिडेको छ।श्रीमानले विचल्ली पारेपछि उनकी श्रीमती सिता परियारले बानेश्वर स्थित प्रहरी कार्यालयमा उजुरी समेत दिएकी थिइन् । प्रहरीले बहुविवाहमा मुद्दा चलाउने तयारी समेत गरेको थियो । तर, राजनीतिक दबावपछि उनी छुटेका थिए ।

बहुजन शक्ति पार्टीका अध्यक्ष विश्वेन्द्र पासवानले यसअघि नै महासचिव मेखराजलाई पार्टीबाट निष्काशन गरेको बताएका थिए । तर, उनले यस्तो दाबी गरेपनि परियार भने पार्टी महासचिवको हैसियतमा माओवादी केन्द्रमा सामेल भएका छन् ।
माओवादी केन्द्रमा उनलाई प्रवेश गराइएपछि सामाजिक सञ्जालमा माओवादी कार्यकर्ताले नै विरोध गरेका छन् ।यो कुरा महाबिर बिश्वकर्माले स्टाटस लेखे पछि चर्चामा आएको

 

प्रतिक्रिया
सम्बन्धित समाचार