बागलुङको ढोरपाटनमा बोलेरोको ठक्करबाट चार वर्षीय बालकको मृत्यु

बागलुङको ढोरपाटनमा बोलेरोको ठक्करबाट चार वर्षीय बालकको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १ कार्तिक २०८३
  • 152
    Shares

बागलुङ, ३१ असोज ।२०८३।

बागलुङको ढोरपाटनमा बोलेरोको ठक्करबाट चार वर्षीय बालकको मृत्यु भएको छ।

ढोरपाटनबाट बुर्तिबाङतर्फ जाँदै गरेको लु १ ज ४९०४ नम्बरको बोलेरो पिकअपले ढोरपाटन नगरपालिका–८ सुनारथोकमा शुक्रबार दिउँसो करिब ३ः५० बजे ठक्कर दिंदा चार वर्षीय बालकको मृत्यु भएको हो ।

उक्त दुर्घटनामा मृत्यु हुने बालक स्थानीय अंकित विकका छोरा रिकोस विक रहेको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार सडकमा रहेका बालक रिकोस विक गाडी आएको देखेपछि दौडिएर सडक पार गर्ने क्रममा उक्त गाडीले ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि बुर्तिबाङ अस्पताल लगिएकोमा साँझ ६ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ । उनको शव अस्पतालको शवगृहमा राखिएको छ ।

दुर्घटनाको जानकारी पाएपछि प्रहरी सहायक निरीक्षक आशिक क्षेत्रीको नेतृत्वमा ढोरपाटन प्रहरी चौकीबाट चार जना र प्रहरी नायब निरीक्षक सुदीप भट्टराईको नेतृत्वमा ट्राफिक प्रहरीसहित ६ जनाको टोली इलाका प्रहरी कार्यालय बुर्तिबाङबाट खटिएको थियो ।

दुर्घटनामा संलग्न बोलेरो पिकअप र चालक हिमाल विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ 

प्रतिक्रिया
सम्बन्धित समाचार