पर्वतका दुई सीमा नाकामा तालिमप्राप्त कुकुरसहित प्रहरीको चेकजाँच

पर्वतका दुई सीमा नाकामा तालिमप्राप्त कुकुरसहित प्रहरीको चेकजाँच


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १ कार्तिक २०८३
  • 437
    Shares

पर्वत, ३१ असोज २०८३ ।

चाडपर्वलाई लक्षित गरी पर्वतका दुई प्रमुख नाकामा तालिम प्राप्त कुकुरसहित प्रहरीले सवारीसाधनमा चेकजाँच गरेको छ ।

विजयादशमी, दीपावली तथा छठ पर्वका अवसरमा जिल्लाको सुरक्षा व्यवस्था प्रभावकारी बनाउन र अवैध गतिविधि नियन्त्रण गर्न शुक्रबार चेकजाँच गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

प्रहरीका अनुसार कुश्मा नगरपालिका–१ मालढुङ्गा र मोदी गाउँपालिका–६ देउपुरको डिमुवा नाकामा सवारीसाधन चेकजाँच गरिएको हो ।

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराको के–९ शाखाबाट खटिएको विशेष टोलीले तालिम प्राप्त कुकुरको प्रयोग गरी सवारीसाधन जाँच गरेको हो ।

चाडपर्वको समयमा हुनसक्ने लागूऔषध तथा विस्फोटक पदार्थको ओसारपसार रोक्न र जिल्लाको समग्र शान्ति सुरक्षा थप मजबुत बनाउने उद्देश्यले चेकजाँच गरिएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार