नवनिर्वाचित प्रधानमन्त्री देउवाले लिए सपथ

नवनिर्वाचित प्रधानमन्त्री देउवाले लिए सपथ


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २४ जेष्ठ २०७४
  • 9.5K
    Shares

२४ जेठ, काठमाडौं । नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनियताको सपथ लिएका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा देउवाले राष्ट्रपति विद्या भण्डारीसामू पद तथा गोपनियताको सपथ लिएका हुन् ।सपथपछि निवर्तमान प्रधानमन्त्री प्रचण्ड र नवनिर्वाचित प्रधानमन्त्री देउवाले कुर्सी साटासाट गरेका छन् ।

सपथ ग्रहण कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, निवर्तमान प्रधानमन्त्री प्रचण्ड, पूर्वप्रधानन्त्रीहरु निवर्तमान मन्त्रीहरु, संवैधानिक निकायका प्रमुख, सुरक्षा अंगका प्रमुखहरु, कुटनीतिक नियोगका प्रमुखलगायतको सहभागिता रहेको थियो ।

विजयकुमार गच्छदार : उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री

गोपालमान श्रेष्ठ : उपप्रधान तथा शिक्षामन्त्री

कृष्णबहादुर महरा : उपप्रधान तथा परराष्ट्रमन्त्री

जनार्दन शर्मा : गृहमन्त्री

ज्ञानेन्द्रबहादुर कार्की : अर्थमन्त्री

फरमुल्लाह मन्सुर : श्रम तथा रोजगारमन्त्री  

प्रभु साह : बिनाविभागीय मन्त्री

प्रतिक्रिया
सम्बन्धित समाचार