पोखरा, २४ भदौ २०८३।
गृहमन्त्री सुदन गुरुङ ?ललितपुरको सातदोबाटोस्थित राष्ट्रिय खेलकुद परिषद् परिसरमा निर्माण गरिएको जेनजी सहिद स्मृति पार्कको उद्घाटन नगरी फर्किएका छन्।
पार्कमा राखिएका ४५ जना शहिदका शालिकको अनुहार वास्तविक व्यक्तिसँग नमिलेको भन्दै परिवारजनले आपत्ति जनाएपछि गृहमन्त्री गुरुङ जेनजी शहिद स्मृति पार्कको उद्घाटन नगरी फर्किएका हुन्।
बुधबार पार्क उद्घाटनका लागि गृहमन्त्री सुधन गुरुङ र पूर्वाधार विकासमन्त्री सुनिल लम्साल सातदोबाटो पुगेका थिए। तर, शहिद परिवारले शालिकका अनुहार नमिलेको गुनासो गरेका बताइएको छ ।
शहिद श्रीयम चौलागाईंका बुवा गणेशप्रसाद चौलागाईंका अनुसार निर्माण कार्य अझै पूर्ण नभएको परिवारले जनाएको छ। एक महिनाभित्र शहिदका अनुहार मिल्ने गरी शालिक /सालिक सच्याएर त्यसपछि उद्घाटन गर्ने सहमति भएको उनले बताएका छन्।*
गत वर्ष भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा ज्यान गुमाएका ४५ जनाको सम्झनामा सातदोबाटोस्थित पौडी पोखरी परिसरको करिब दुई रोपनी क्षेत्रफलमा पार्क निर्माण गरिएको हो। पार्कमा नेपालको झण्डालाई केन्द्रमा राख्दै सहिदका सालिक, बगैँचा र सानो कार्यक्रमस्थलसमेत निर्माण गरिएको छ।
यसअघि पार्क निर्माणका लागि राष्ट्रिय खेलकुद परिषद्को बोर्ड बैठकले जग्गा उपलब्ध गराउने निर्णय गरेको थियो। निर्माण गत फागुनबाट शुरु भएको थियो।