कास्कीको मादी–११ खिमाजेमा बस पल्टिएर भयो उत्तानो

कास्कीको मादी–११ खिमाजेमा बस पल्टिएर भयो उत्तानो


  • जन संचार
  • सोमबार, २२ भाद्र २०८३
  • 627
    Shares

कास्की । कास्कीको मादी गाउँपालिका–११ खिमाजेमा एउटा बस पल्तिएर सडकमुनि उत्तानो परेको छ।

पोखराबाट वार्चोकतर्फ जाँदै गरेको ना १ ख ६१५५ नम्बरको बस गएराति करिब ९:३० बजे मादी गाउँपालिका–११ खिमाजेमा सडकबाट करिब १५० मिटर तल खसेर पल्टिई उत्तानो परेको हो ।

स्थानीयका अनुसार बाटोमा बस बिग्रिएपछि मर्मत गरी गन्तव्यतर्फ लैजाने क्रममा अचानक ब्रेक फेल भएको थियो। ब्रेक फेल भएपछि चालकले बस नियन्त्रणमा लिन नसक्दा सडकबाट तल खसेको बताइएको छ।

दुर्घटनाका बेला बसमा चालक मात्रै रहेका थिए। यात्रुहरूलाई यसअघि नै घर पठाइसकिएकाले दुर्घटनामा मानवीय क्षति नभएको स्थानीयले बताएका छन्। दुर्घटनापछि बस पूर्ण रूपमा उत्तानो परेको अवस्थामा रहेको जनाइएको छ।

प्रतिक्रिया