म्याग्दी,२२ भदौ २०८३।
७२ वर्षीया बृद्धा हजुरआमाको हत्या गरेर भाग्दै गरेका नाति म्याग्दीमा पक्राउ परेका छन्।
म्याग्दीको बेनी नगरपालिका–२ खबरा निवासी ७२ वर्षीया हजुरआमा मनकुमारी घिमिरेको धारिलो हतियार प्रहार गरी हत्या गरि भाग्दै गरेका छोरीतर्फका नातिलाई प्रहरीले नी नगरपालिका–२ स्थित हाडेभिरबाट पक्राउ गरेको हो।
पक्राउ पर्नेमा मृतक घिमिरेको छोरीका छोरा २६ वर्षीय आशिष बरुवाल रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट प्रहरी निरीक्षक सागर तिमिल्सिनाले जानकारी दिए।
प्रहरीका अनुसार बरुवालले भदौ २२ गते बिहान करिब ११ः३० बजे मनकुमारीमाथि धारिलो हतियार प्रहार गरी हत्या गरेपछि फरार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका बरुवालमाथि घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।