पोखराको पर्स्याङबाट ३३ एम्पुल लागूऔषधसहित युवक पक्राउ

पोखराको पर्स्याङबाट ३३ एम्पुल लागूऔषधसहित युवक पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २१ भाद्र २०८३
  • 1.2K
    Shares

drugs in pokhara

पोखरा, २० भदौ 2083 ।

पोखरा महानगरपालिका–५, पर्स्याङबाट ३३ एम्पुल लागूऔषधसहित एक युवक पक्राउ परेका छन्।

वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले पर्स्याङबाट ३३ एम्पुल लागूऔषधसहित एक युवक पक्राउ गरेको हो।

पक्राउ पर्नेमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–२ स्थायी घर भई हाल पोखरा–५, प्रस्याङ बस्दै आएका ३२ वर्षीय सन्दिप उपाध्याय रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।

प्रहरीका अनुसार उपाध्यायले बाथरुममा लुकाइछिपाइ राखेको अवस्थामा डाइजापाम ११ एम्पुल, बुप्रेनोर्फिन ११ एम्पुल र फेनेरागन ११ एम्पुल गरी जम्मा ३३ एम्पुल लागूऔषध बरामद गरिएको छ। उनको साथबाट एक थान मोबाइल फोनसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका उपाध्यायलाई लागूऔषधसम्बन्धी कसुरमा कास्की जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया