गोरखास्थित मनास्लु बेसक्याम्पमा आरोहीका किचन सहयोगी मृत भेटिए

गोरखास्थित मनास्लु बेसक्याम्पमा आरोहीका किचन सहयोगी मृत भेटिए


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २० भाद्र २०८३
  • 703
    Shares

गोर्खा, २०  भदौ २०८३ ।

मनास्लु बेसक्याम्पमा आरोहीका किचन सहयोगीका रूपमा खटिएका एक जना युवा मृत भेटिएका छन्।

संखुवासभाको मकालु गाउँपालिका–२ निवासी शेर्पा पयोनियर एड्भेञ्चर कम्पनीमार्फत आरोहीको सहयोगीका रूपमा बेसक्याम्प पुगेका २० वर्षीय टासी शेर्पा टेण्टभित्र मृत अवस्थामा भेटिएका हुन् ।

उनको राति नै मृत्यु भएको र शव हाल बेसक्याम्पमै रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार प्रतिकूल मौसमका कारण हेलिकोप्टर बेसक्याम्पसम्म पुग्न नसक्दा शव ल्याउन सकिएको छैन।

प्रारम्भिक अनुसन्धानका क्रममा टेण्टभित्र खाना पकाउने ग्यास खुला अवस्थामा रहेको भेटिएकाले ग्यासकै कारण मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ। यद्यपि मृत्युको वास्तविक कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया