पोखरा, २० भदौ २०८३ ।
पर्वतको चिन्नेखोलामा आएको बाढीले शुक्रबार साँझ स्कुटर बगाएको छ।
कुश्मा नगरपालिका वडा नम्बर ९ स्थित चिन्ने खाेलामा आएको बाढीले शुक्रबार साँझ करिब ६:५५ बजे ध २ प २५५९ नम्बरको स्कुटर बगाएको स्कुटर चालक गणेश लामिछानेले जानकारी दिए ।
वर्षा निरन्तर भइरहेकाले चिन्नेखोलामा पानीको बहाव अझै उच्च रहेको बताइएको छ।