स्याङ्जा, १९ भदौ २०८३ ।
स्याङ्जामा आज मोटरसाइकल र ट्याक्सी एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।
नौडाँडाबाट सेतिदोभानतर्फ जाँदै गरेको ग २५ प ९६२४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ग १ ज २४९३ नम्बरको ट्याक्सी पुतलीबजार नगरपालिका–४ नौडाँडामा एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको हो ।
उक्त दुर्घटनामा परेर गम्भीर घाइते भई उपचारका लागि साविकको पश्चिमाञ्चल क्षेत्रिय अस्पताल हालको गण्डकी अस्पताल, पोखरा पुर्याइएकोमा उपचार हुँदाहुँदै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक रमेश दत्त अवस्थीले जानकारी दिए।
प्रहरीले दुर्घटनामा संलग्न सवारीसाधन तथा चालकका विषयमा समेत आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।