दुई जनाको जीवितै उद्धार गरिएको माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङबाट निकालियो एक शव

दुई जनाको जीवितै उद्धार गरिएको माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङबाट निकालियो एक शव


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १९ भाद्र २०८३
  • 1.2K
    Shares

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङ

काठमाडौं, १९ भदौ २०८३ ।

दुई जनाको जीवितै उद्धार गरिएको माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङबाट एउटा शव बाहिर निकालिएको छ।

उक्त सुरुङभित्र अन्य मानिसहरु पनि जीवित रहेको अपेक्षा गरिएको अवस्थामा एउटा शव बाहिर निकालिएको हो । उक्त शबको पहिचान हुन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ।

भदौ १०गते को बाढीपछि माथिल्लो त्रिशूली ३‘ए’ जलविद्युत् आयोजनामा फसेकाको उद्धार कार्य जारी छ।

शुक्रबार बिहानै नेपाली सेनासहितको उद्धार टोलीले दुई जनाको जीवितै उद्धार गरेको थियो।  शुक्रबार बिहान सुरुङभित्र १० दिनदेखि फसेका सञ्जय साहकविर महर्जनलाई जीवितै उद्धार गरिएको थियो। साह आयोजनामा मेकानिकल फोरम्यान तथा महर्जन मेकानिकल सुपरभाइजरका रूपमा कार्यरत थिए। उद्धारपछि दुवै जनालाई प्रारम्भिक उपचारका लागि पठाइएको र थप उपचारका लागि काठमाडौं ल्याइएको छ।

भदौ १० गते भोटेकोशीमा आएको भीषण बाढीपछि आयोजनाको भूमिगत विद्युत्गृह तथा सुरुङमा कार्यरत कर्मचारी र प्राविधिकहरू सम्पर्कविहीन भएका थिए। त्यसपछि नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल विद्युत् प्राधिकरणको टोलीले सुरुङभित्र खोज तथा उद्धार अभियान जारी राखेको थियो।

आयोजनाको सुरुङमा अझै केही व्यक्ति फसेको हुन सक्ने भन्दै उद्धार टोलीले खोजी कार्यलाई निरन्तरता दिएको छ। जीवितै उद्धार भएका सञ्जय साहले सुरुङभित्र ठूलो संख्यामा मानिस रहेको हुन सक्ने बताएका थिए।

फेला परेको शव कसको हो भन्नेबारे पहिचान तथा घटनाको थप विवरण आउन बाँकी रहेको छ। उद्धार टोलीले सुरुङको अन्य भागमा समेत खोजी जारी राखेको छ।

प्रतिक्रिया