विपत्तिका बेला निगम र उद्योगीको मिलेमतोमा ग्यासको भाउ बढाइयो

विपत्तिका बेला निगम र उद्योगीको मिलेमतोमा ग्यासको भाउ बढाइयो


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १९ भाद्र २०८३
  • 817
    Shares

पोखरा , १९ भदौ २०८३।

कृष्णभिरमा गएको पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएपछि वैकल्पिक मार्गबाट ग्यास ढुवानी गर्नुपर्दा लागत बढेको भन्दै उद्योगीहरूले काठमाडौं उपत्यकामा खाना पकाउने एलपी ग्यासको मूल्य बढाएका छन्।

नेपाल आयल निगमले प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ मूल्य तोकेको भए पनि ढुवानी खर्च बढेको भन्दै उद्योगीहरूले १ सय ५ रुपैयाँ ३८ पैसा थप गरेका छन्। यससँगै काठमाडौं उपत्यकामा अब एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २ हजार १ सय ६५ रुपैयाँ ३८ पैसा पुगेको छ।

नेपाल एलपी ग्यास उद्योग संघका अनुसार काठमाडौं उपत्यकामा रहेका ग्यास उद्योगहरूले तराई क्षेत्रका उद्योगमा सिलिन्डर रिफिल गराएर ल्याउनुपर्ने अवस्था रहेकाले थप ढुवानी खर्च व्यहोर्नुपरेको हो।

उद्योगीहरूले ग्यासको मूल्यवृद्धि नेपाल आयल निगमसँग भएको सहमतिअनुसार गरिएको दाबी गरेका छन्। साथै, विपद्का कारण आपूर्ति व्यवस्थामा असहज अवस्था सिर्जना भएकाले ग्यास उद्योगी तथा बिक्रेताहरूलाई नयाँ सिलिन्डरको बजारीकरण नगरी आपूर्ति व्यवस्थालाई सहज बनाउन संघले आग्रह गरेको छ।

प्रतिक्रिया