तनहुँबाट करीब १७ किलो गाँजासहित पोखराका दुई युवासहित चार जना पक्राउ

तनहुँबाट करीब १७ किलो गाँजासहित पोखराका दुई युवासहित चार जना पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १८ भाद्र २०८३
  • 1.3K
    Shares

पोखरा १८ भदौ २०८३ ।

तनहुँको बन्दीपुरबाट पोखराका दुई युवासहित चार जना करीब १७ किलो अबैध लागू औषध गाँजासहित पक्राउ परेका छन्।

प्रहरी चौकी डुम्रेबाट खटिएको प्रहरी टोलीले बिहीबार बन्दीपुर -४ ठूल्ढुंगामा सवारीसाधन चेकजाँचका क्रममा मुग्लिनबाट दमौलीतर्फ आउँदै गरेको ट्याक्सीबाट उक्त परिमाणको गाँजासहित चार जना पक्राउ परेका हुन् ।

प्रहरीले गाँजा लुकाइछिपाइ ओसारपसार गर्दै गरेको अवस्थामा नवलपरासी (पूर्वी) विनयी त्रिवेणी गाउँपालिका–१ निवासी २७ वर्षीय, काभ्रेपलाञ्चोक बनेपा नगरपालिका–१ निवासी ३२ वर्षीय तथा कास्की पोखरा महानगरपालिका–२७ बागमारा निवासी २३ र ३२ वर्षीय पुरुषलाई नियन्त्रणमा लिएको जनाएको छ।

पक्राउ परेका चारै जनाविरुद्ध तनहुँ जिल्ला अदालतबाट म्याद थप अनुमति लिई लागुऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक द्वारिका प्रसाद घिमिरेले जानकारी दिए। बन्दीपुर

प्रतिक्रिया