पोखरामा अवैध रूपमा बालुवा उत्खनन गरिरहेको मिनी टिप्परलाई १२ हजार रुपियाँ जरिवाना

पोखरामा अवैध रूपमा बालुवा उत्खनन गरिरहेको मिनी टिप्परलाई १२ हजार रुपियाँ जरिवाना


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १८ भाद्र २०८३
  • 1K
    Shares

पोखरा १८ भदौ २०८३ ।

पोखरा महानगरपालिका–१९ धावापुरमा अवैध रूपमा बालुवा उत्खनन गरिरहेको एउटा मिनी टिप्परलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

बुधबार बिहान करिब ९ः३० बजे पोखरा १९ धावापुरमा अवैध रूपमा बालुवा उत्खनन गरिरहेको अवस्थामा वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले ग १ ख ९१०८ नम्बरको मिनी टिप्पर नियन्त्रणमा लिएको हो।

प्रहरीक अनुसार , प्रहरीले चेकजाँचका क्रममा उक्त मिनी टिप्परले अवैध रूपमा बालुवा लोड गरिरहेको भेट्टाए पछि नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि पोखरा महानगरपालिकाको कार्यालयमा पठाएको थियो। महानगरपालिकाले टिप्परलाई १२ हजार रुपियाँ जरिवाना लिएर छाडेको प्रहरीले बताएको छ।

यसै बीच प्रहरीले अवैध रूपमा नदीजन्य तथा प्राकृतिक स्रोतको उत्खनन र दोहन नगर्न सम्बन्धित पक्षलाई सचेत गराउँदै यस्ता गतिविधिविरुद्ध निगरानी तथा कारबाहीलाई निरन्तरता दिने जनाएको छ।

प्रतिक्रिया