बैतडीमा जिप दुर्घटना हुँदा सात जना घाइते

बैतडीमा जिप दुर्घटना हुँदा सात जना घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १७ भाद्र २०८३
  • 893
    Shares

पोखरा, १७ भदौ २०८३ ।

बैतडीमा आज जिप दुर्घटना हुँदा सात जना घाइते भएका छन् ।

सतबाँझबाट सुर्नया गाउँपालिकाको बरायलतर्फ जाँदै गरेको बा.प्र.०३१ च ९३६८ नम्बरको जिप बुधबार साँझ करिब साढे ५ बजे बैतडीको सुर्नया गाउँपालिका–२, लिस्किटामा दुर्घटनाग्रस्त हुँदा सात जना घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय, बैतडीले दिएको जानकारी अनुसार , उक्त दुर्घटनामा सुर्नया गाउँपालिका–६, रीगाकी २० वर्षीया दिपा कुँवर, सुर्नया गाउँपालिका–२ की करिब ६५ वर्षीया हजारी बिष्ट, सोही ठाउँकी ३१ वर्षीया सुशीला भण्डारी र ७ वर्षीया दिप्ती बिष्ट घाइते भएका छन् ।

त्यस्तै, सुर्नया गाउँपालिका–५, स्वालीका ३० वर्षीय हरिश विक, ४३ वर्षीय तिलक चन्द र ३० वर्षीय दिपक चन्द पनि दुर्घटनामा घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते सबैको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल, बैतडी पठाइएको र उनीहरु सबैको अवस्था सामान्य रहेको प्रहरिले जानाकारी दिएको छ । जिप अनियन्त्रित भई सडकबाट करिब १५ मिटर तल खसेको थियो ।

दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, बैतडीले जनाएको छ ।

प्रतिक्रिया