पोखरास्थित विजयपुर खोलाको ओरालोबाट गएराती स्कुटर नालीमा खस्दा दुई जना घाइते

पोखरास्थित विजयपुर खोलाको ओरालोबाट गएराती स्कुटर नालीमा खस्दा दुई जना घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १७ भाद्र २०८३
  • 988
    Shares

पोखरा, १७ भदौ २०८३।

पोखराको विजयपुर खोलाको ओरालोमा स्कुटर दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।

अमरसिंहतर्फबाट चाउथेतर्फ जाँदै गरेको ग २३ प ५९९९ नम्बरको स्कुटर पोखरा १४ विजयपुर खोलाको ओरालोमा बुधबार राति करिब ९ः२५ बजे चालकले नियन्त्रण गुमाउँदा सडक छेउको नालीमा खसेर दुर्घटनाग्रस्त हुँदा दुई जना घाइते भएका हुन्।

प्रहरीका अनुसार , उक्त दुर्घटनामा परेर स्कुटर चालक पोखरा–१४ चाउथे निवासी २१ वर्षीय धनबहादुर गुरुङ र पछाडि सवार सोही स्थानका २४ वर्षीय इन्द्रबहादुर गुरुङ घाइते भएका छन्। चालक धनबहादुरको बाहिरी चोटपटक नदेखिए पनि उनी सामान्य अवस्थामा रहेका छन्। यस्तै, पछाडि सवार इन्द्रबहादुरको दुवै हातमा सामान्य चोट लागेको छ। दुवै जनालाई उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखरा पठाइएको थियो। प्रहरीले स्कुटर चालकले मादक पदार्थ सेवन गरेको अवस्थामा रहेको जानकारी दिएको छ।

प्रहरीले नालीबाट स्कुटर बाहिर निकालेको छ। घटनाबारे थप विवरण संकलन तथा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार चा

प्रतिक्रिया