अश्लील फोटो देखाएर ब्ल्याकमेल गरेको आरोपमा पर्वतका युवा बागलुङ प्रहरीको नियन्त्रणमा

अश्लील फोटो देखाएर ब्ल्याकमेल गरेको आरोपमा पर्वतका युवा बागलुङ प्रहरीको नियन्त्रणमा


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १७ भाद्र २०८३
  • 1.5K
    Shares

बागलुङ, १६ भदौ २०८३।

अश्लील फोटो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिदिने भन्दै ब्ल्याकमेल गरेको आरोपमा बागलुङमा पर्वतका एक युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

पर्वतको जलजला गाउँपालिका–७ बस्ने ४० वर्षीय वीरबहादुर सुनारलाई जिल्ला प्रहरी कार्यालय बागलुङको टोलीले नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार सुनारले पीडितको मञ्जुरीबिना खिचिएको अश्लील फोटो पीडितका आफन्तसमेतलाई फेसबुक, म्यासेन्जरलगायत सामाजिक सञ्जालमा सार्वजनिक गरिदिने भन्दै धम्की तथा ब्ल्याकमेल गरेको आरोप छ।

घटनाबारे पीडितले कानुनबमोजिम कारबाहीको माग गर्दै जाहेरी दिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको जनाइएको छ।

अभियुक्त सुनारलाई विद्युतीय अपराधसम्बन्धी कसुरमा अनुसन्धानका लागि बागलुङ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिइएको प्रहरीले जनाएको छ। पक्राउ परेका सुनारमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया