पोखरा, १७ भदौ २०८३।
। कास्कीको माछापुच्छ्रे गाउँपालिकाबाट करीब साढे दुई किलो गाँजासहित दुई जना युवा पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले सोमबार अपरान्ह करीब साढे चार बजेको समयमा माछापुच्छ्रे गाउँपालिका–९, सिद्धवाङबाट नियन्त्रित लागूऔषध गाँजासहित दुई जना युवाहरुलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा माछापुच्छ्रे गाउँपालिका–४ लाहाचोकका २७ वर्षीय प्रमोद हमाल र २९ वर्षीय लक्ष्मण जिसी रहेका प्रहरीले जानकारी दिएको छ। उनीहरूको साथबाट दुई किलो चारसय ३० ग्राम गाँजा, नगद, एकहजार एकसय ३५ रुपैयाँ र दुई थान मोबाइल फोन बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनीहरूलाई २०८३ भदौ १५ गते अपराह्न करिब ४ः३० बजे नियन्त्रणमा लिइएको हो ।
पक्राउ परेका दुवै जनालाई लागूऔषधसम्बन्धी कसुरमा कास्की जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।