पैदलसमेत हिँड्न नमिल्ने गरी खस्याे कृष्णभीरमा सडक : पृथ्वी राजमार्ग अवरुद्ध

पैदलसमेत हिँड्न नमिल्ने गरी खस्याे कृष्णभीरमा सडक : पृथ्वी राजमार्ग अवरुद्ध


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १४ भाद्र २०८३
  • 1.4K
    Shares

krishnabhir pahiro, कृष्णभीरमा पहिरो

पोखरा , १४ भदौ २०८३।

धादिङको कृष्णभिरस्थित पृथ्वी राजमार्गमा त्रिशूली नदीले सडक कटान गरेपछि सडक भासिएको छ। आइतबार बिहान सडक किनारको केही भाग भासिएपछि उक्त सडकखण्डमा सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको हो।

त्रिशूली नदीमा पुनः आएको ठूलो बाढीका कारण नदीको बहाव सडकको भित्तातर्फ ठोक्किँदा कटान तीव्र भएको र सडक भासिएको प्रहरीले जनाएको छ। सडक भासिने क्रम अझै जारी रहेको छ।

जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी प्रकाश दाहालका अनुसार सडकको बीच भागसम्मै भासिएपछि पैदल यात्रामा समेत रोक लगाइएको छ। सडकको अवस्था जोखिमपूर्ण रहेकाले मानिसहरूलाई हिँड्नसमेत समस्या भएको उनले बताए।

भासिएको सडक तत्काल मर्मत गरेर सञ्चालनमा ल्याउन सकिने अवस्था नरहेको प्रहरीले जनाएको छ। डीएसपी दाहालले सडक पुनः सञ्चालनमा ल्याउन समय लाग्न सक्ने बताए।

यसैबीच, त्रिशूली नदीको बहाव भने अहिले केही घटेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया