उद्धार टोलीले फेवातालमा खोजिरहे : बेपत्ता विदेशी नागरिक तालको किनारको होटलमा भेटिए

उद्धार टोलीले फेवातालमा खोजिरहे : बेपत्ता विदेशी नागरिक तालको किनारको होटलमा भेटिए


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १३ भाद्र २०८३
  • 1.2K
    Shares

fewa lake rescue team

पोखरा, १३ भदौ २०८३।

शनिबार साँझ करिब ६ः४५ बजे पोखरा महानगरपालिका–६ स्थित बाराही मन्दिरपारि फेवातालमा काइकिङ गर्ने क्रममा एक जना विदेशी नागरिक बेपत्ता भएको खबरसंगै राति करिब ८ः३० बजेदेखि नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त उद्धार टोलीले फेवातालाम उनको खोजी शुरु गर्यो।

रातको अँध्यारो, फेवातालको किनार र वरिपरि बाक्लिँदै गएको झाडीमा उक्त उद्धार टोलीले तदारुकताका साथ् खोजी जारी राखे। फेवातालमा विदेशी नागरिक बेपत्ता भएको खबरले खोज तथा उद्धार टोली तनावमा रहे।

तालको किनारदेखि आसपासका झाडी र सम्भावित आवतजावत हुने क्षेत्रसम्म टोलीले खोजीलाई तीव्र बनाएको थियो। खोजीका क्रममा उनी फेवातालको किनार हुँदै झाडी क्षेत्रमा कयाकिङ गरि लेकसाइडको खहरेस्थित प्रि डम होटलमा बसिरहेको अवस्थामा उनलाई उद्धार टोलीले फेला पारेको प्रहरीले बताएको छ।

सम्पर्कविहीन भएका विदेशी नागरिक सकुशल भेटिएपछि खोजीमा खटिएको टोलीले राहतको सास फेर्‍यो। उनलाई उद्धार टोलीले उनका साथीहरूको जिम्मा लगाएको जनाएको छ।

विदेशी नागरिक सकुशल भेटिएपछि सम्भावित दुर्घटनाको त्रास पनि टरेको थियो। जिम्मा लगाएपछि खोज तथा उद्धार टोली आफ्नो अभियान समेट्दै फर्किएको थियो।

प्रतिक्रिया