पोखरा, १३ भदौ २०८३।
पोखराको फेवातालमा काइकिङ गर्ने क्रममा एक जना विदेशी नागरिक तालको पानीमा खसेर बेपत्ता भएका छन् ।
शनिबार साँझ करिब ६ः४५ बजे पोखरा महानगरपालिका–६ स्थित बाराही मन्दिरपारि फेवातालमा काइकिङ गर्ने क्रममा नामथर र वतन नखुलेका एक जना विदेशी पुरुष पानीमा परेर बेपत्ता भएका हुन् ।
घटनाको सूचना प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी नायब उपरीक्षक (डीएसपी) सूर्य बोगटीको कमान्डमा १० जना र सशस्त्र प्रहरी बल, कालिका गण मालेपाटनबाट सशस्त्र प्रहरी नायब निरीक्षक सुजितकुमार यादवको कमान्डमा १० जनाको उद्धार टोलीले बेपत्ता ती बिदेशी नागरिकको खोजी भैरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाकारी दिएको छ ।
प्रहरी तथा सशस्त्र प्रहरीको टोलीले बेपत्ता विदेशी नागरिकको खोजी तथा उद्धारका लागि फेवातालमा खोजतलास गरिरहेको जनाएको छ ।
बेपत्ता नागरिकको पहिचान तथा घटनाबारे थप विवरण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।थप विवरण आउन बाँकी छ ।