गायिका समीक्षा अधिकारीद्वारा बाढीपीडितलाई खाद्यान्न तथा अत्यावश्यक सामग्री सहयोग हस्तान्तरण

गायिका समीक्षा अधिकारीद्वारा बाढीपीडितलाई खाद्यान्न तथा अत्यावश्यक सामग्री सहयोग हस्तान्तरण


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १३ भाद्र २०८३
  • 931
    Shares

singer samixa adhikari

पोखरा, १३ भदौ २०८३।

गायिका समीक्षा अधिकारीले बाढीपीडितका लागि खाद्यान्न तथा केही अत्यावश्यक सामग्री सहयोग गरेकी छन् । उनले शनिबार पोखरास्थित प्रमुख जिल्ला अधिकारी (सीडीओ) कार्यालयमा पुगेर बाढीपीडितका लागि आवश्यक सामग्री हस्तान्तरण गरेकी हुन् ।

अधिकारीले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूले बाढीपीडित दाजुभाइ तथा दिदीबहिनीको पीडामा आफ्नो तर्फबाट सक्दो साथ दिने प्रयास गरिरहेको बताएकी छन् ।

उनका अनुसार उनले यसअघि बाढीपीडितका लागि आर्थिक सहयोग गरेकी थिइन् । त्यसपछि शनिबार खाद्यान्न तथा अन्य अत्यावश्यक सामग्री सीडीओ कार्यालयमार्फत पीडितका लागि उपलब्ध गराएकी हुन् ।

उनले सहयोग ठूलो वा सानोभन्दा पनि दुःख र विपत्तिको समयमा पीडितको साथमा उभिन सक्नु महत्वपूर्ण भएको बताएकी छन् । आफूले पीडितहरूको सम्पूर्ण दुःख कम गर्न नसके पनि कठिन परिस्थितिमा थोरै भए पनि राहत र साथ बन्ने उद्देश्यले सहयोग गरेको उनको भनाइ छ ।

अधिकारीले आफ्नो सहयोगलाई प्रचारका रूपमा नलिन पनि आग्रह गरेकी छन् । विपत्तिमा परेका परिवारलाई आफ्नो ठाउँबाट सकेको सहयोग गर्न सबैलाई प्रेरणा मिलोस् भन्ने उद्देश्यले मात्र आफूले सहयोगबारे जानकारी सार्वजनिक गरेको उनले स्पष्ट पारेकी छन् ।

“सहयोग ठूलो वा सानोभन्दा पनि, दुःखमा परेको बेला कसैको साथमा उभिन सक्नु नै ठूलो कुरा हो,” उनले फेसबुकमा लेखेकी छन् ।

उनले विपत्तिको समयमा पीडित परिवारको साथमा उभिन र आफ्नो क्षमताअनुसार सहयोग गर्न सबैलाई आग्रहसमेत गरेकी छन् ।

प्रतिक्रिया