बाढीले बगाएको बैंकको ‘सेफ’ फोडेको आरोपमा २९ जना पक्राउ : ९२ लाख रुपैयाँ समेत बरामद

बाढीले बगाएको बैंकको ‘सेफ’ फोडेको आरोपमा २९ जना पक्राउ : ९२ लाख रुपैयाँ समेत बरामद


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १३ भाद्र २०८३
  • 988
    Shares

पोखरा, १३ भदौ २०८३।

धादिङमा नदिले बगाएर ल्याएको बैंकको ‘सेफ’ फोडेको आरोपमा पक्राउ परेका २९ जनालाई प्रहरीले सार्वजनिक गरेको छ। 

उनीहरूलाई सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो। 

उनीहरूबाट ९२ लाख ६८ हजार ५०५ रुपैयाँसमेत बरामद भएको प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार धादिङको गल्छी गाउँपालिका- ४ बेल्खुखोलास्थित त्रिशूली नदीको किनारमा फेला परेको ‘सेफ’ शुक्रबार उनीहरूले तोडफोड गरी त्यसभित्र रहेको नगद आफूखुसी निकालेका थिए। 

उक्त घटनामा संलग्न हुनसक्ने अन्य सम्भावित व्यक्तिहरूको सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया