‘द फायर ग्याङ’का नाममा पोखराका पर्यटन व्यवसायीलाई धम्की : धम्क्याउँदै रकम माग्ने दुई जना पोखराबाट पक्राउ

‘द फायर ग्याङ’का नाममा पोखराका पर्यटन व्यवसायीलाई धम्की : धम्क्याउँदै रकम माग्ने दुई जना पोखराबाट पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १२ भाद्र २०८३
  • 988
    Shares

the fire gang,

पोखरा, १२ भदौ २०८३।

‘द फायर ग्याङ’का नाममा पोखराका पर्यटन व्यवसायीलाई धम्क्याउने कार्यमा संलग्न दुई जना युवा पोखराबाट पक्राउ परेका छन्। पक्राउ पर्नेमा धनकुटाको मारेक कटहरे गाउँपालिका–६ स्थायी घर भई हाल पोखरा महानगरपालिका–६, लेकसाइड बस्ने ३६ वर्षीय प्रेम थापासुनसरीको इटहरी उपमहानगरपालिका–२५ स्थायी घर भई हाल पोखरा–६, लेकसाइड बस्ने २९ वर्षीय पंकज खड्का रहेका छन् ।

उनीहरुले आफूहरु ‘द फायर ग्याङ’ (THE FIRE GANG) नामक समूहको सदस्य भएको दाबी गर्दै पछिल्लो एक महिनादेखि पोखराको पृथ्वीचोक, लेकसाइडलगायतका क्षेत्रमा पर्यटन व्यवसाय गर्दै आएका व्यक्तिहरूलाई WhatsApp नम्बरमार्फत धम्क्याउने गरेको आरोप लगाइएको छ।

पोखराका पर्यटन ब्यबसायीहरुलाई WhatsApp नम्बरमार्फत जनधनको क्षति पुर्‍याउने, अपहरण गर्ने, दुर्घटना गराउनेलगायतका त्रासपूर्ण धम्की दिँदै रकम माग गरिएको सूचना प्राप्त भए पछि उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कास्की, नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा र वडा प्रहरी कार्यालय बैदामबाट संयुक्त प्रहरी टोलीले पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ।

पोखरा महानगरपालिका–६, डिहीकोपाटनबाट गएराती पक्राउ परेका उनीहरुविरुद्ध आबश्यक अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

प्रहरीले ‘द फायर ग्याङ’का नाममा WhatsApp लगायतका माध्यमबाट धम्की तथा रकम माग गर्ने कार्यमा अन्य व्यक्तिको समेत संलग्नता रहे–नरहेको विषयमा अनुसन्धान अघि बढाइएको जिकिर गरेको छ।

प्रतिक्रिया