प्रधानमन्त्री बालेन शाहलाई ज्यान मार्ने धम्की दिएको आरोपमा युवक पक्राउ

प्रधानमन्त्री बालेन शाहलाई ज्यान मार्ने धम्की दिएको आरोपमा युवक पक्राउ


  • जन संचार
  • बिहिबार, ११ भाद्र २०८३
  • 1.8K
    Shares

काठमाडौं, ११ भदौ २०८३।

प्रधानमन्त्री बालेन शाहलाई सामाजिक सञ्जालमार्फत ज्यान मार्ने धम्की दिएको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा झापाको भद्रपुर–९ घर भई हाल काठमाडौंको कीर्तिपुरमा बस्दै आएका २३ वर्षीय पुस्कर दहाल रहेका छन्। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कीर्तिपुर नयाँ बजारबाट पक्राउ गरेको हो।

प्रहरीका अनुसार दाहालले सामाजिक सञ्जाल इन्स्टाग्राममा प्रधानमन्त्री शाहलाई लक्षित गर्दै धम्कीपूर्ण स्टाटस लेखेका थिए। उनले आगामी २३ भदौमा प्रधानमन्त्री शाहलाई ‘सिध्याइदिने’ आशयको सामग्री पोस्ट गर्नुका साथै उक्त पोस्टमा प्रहरीलाई समेत ट्याग गरेका थिए। दाहालले सामाजिक सञ्जालमार्फत प्रहरीलाई समेत गालीगलौज गरेको प्रहरीले जनाएको छ।

पक्राउ परेका दाहाललाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि साइबर ब्यूरो, भोटाहिटी पठाइएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया