तनहुँको शेराटारमा खस्यो सुख्खा पहिरो : पृथ्वीराजमार्ग अवरुद्ध

तनहुँको शेराटारमा खस्यो सुख्खा पहिरो : पृथ्वीराजमार्ग अवरुद्ध


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ६ भाद्र २०८३
  • 1.2K
    Shares

sheratar pahiro, तनहुँको शेराटारमा खस्यो सुख्खा पहिरो

तनहुँ, ६ भदौ २०८३।

तनहुँको शुक्लागण्डकी नगरपालिका–७ सेराटारस्थित पृथ्वीराजमार्गमा सुख्खा पहिरो खस्दा सडक दुवैतर्फ अवरुद्ध भएको छ।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार शनिबार दिउँसो करिब ४ः५५ बजे सडकभन्दा करिब ३० मिटर माथिबाट सुख्खा पहिरो खसेर राजमार्ग अवरुद्ध भएको हो।

पहिरोका कारण पृथ्वीराजमार्गको उक्त खण्डमा दुवैतर्फका सवारीसाधन आवतजावत प्रभावित भएका छन्। पहिरो हटाएर सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया