पोखरा, ६ भदौ २०८३ ।
चोरी मुद्दामा अदालतले दोषी ठहर गरी कैद तथा जरिवाना तोकेका तनहुँका एक युवा पोखराबाट पक्राउ परेका छन्।
चोरी मुद्दामा स्याङ्जा जिल्ला अदालत र उच्च अदालत पोखराले दोषी ठहर गरेर कैद तथा जरिवाना तोकेका तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नम्वर -०२ कोत्रे बस्ने वर्ष ३२ को सन्तोष परियार गएको बुधबार पोखराको ड्यामसाईडबाट पक्राउ परेका हुन्।
प्रहरीका अनुसार , निज परियारबिरुद्ध चोरी मुद्दामा स्याङ्जा जिल्ला अदालतले २०८२ साल भदौ ३१ गते र उच्च अदालत पोखरा कास्कीले गएको जेठ १ गते दोषी ठहर गर्दै एकवर्ष १० महिना कैद र ३० हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो। अदालतको फैसला पछि पनि फरार रहेका परियारलाई पक्राउ गरी फैसला कार्यान्बयनका लागि जिल्ला अदालत स्याङ्जामा पेश गरिएकोमा स्याङ्जा जिल्ला कारागार चलान गरिएको प्रहरीले जनाएको छ।