प्रधानमन्त्री चयन प्रक्रिया लम्बियो, अव निर्वाचन दुई दिन पछि

प्रधानमन्त्री चयन प्रक्रिया लम्बियो, अव निर्वाचन दुई दिन पछि


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २१ जेष्ठ २०७४
  • 10.2K
    Shares

काठमाडौं, जेठ २१ – प्रधानमन्त्रीको निर्वाचन दुई दिन पछि सारिएको छ । व्यवस्थापिका संसद सचिवालयले सुचना टांसेर प्रधानमन्त्रीको निर्वाचन मंगलबार ११ बजे सम्मका लागि सारेको जनाएको हो ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसद संचालनमा सहमत नदेखिएपछि सचिवालयले बैठकको मिति सारेको हो । सचिवालयले आईतबारको बैठकमा प्रधानमन्त्री चयनका लागि मतदान गर्ने कार्यसूची सार्वजनिक गरेको थियो ।

यसअघि बिहान ११ बजे बोलाईएको बैठक सुचना टांसेर अपरान्ह ३ बजेसम्मका लागि सारिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार