पोखराको हेम्जाबाट बेपत्ता ४३ वर्षीया धनमाया घट्टेखोलामा मृत भेटिइन्

पोखराको हेम्जाबाट बेपत्ता ४३ वर्षीया धनमाया घट्टेखोलामा मृत भेटिइन्


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ४ भाद्र २०८३
  • 95
    Shares

deadbody in river

पोखरा , ४ भदौ २०८३।

पोखरा महानगरपालिका–२५ हेम्जाबाट बेपत्ता भएकी ४३ वर्षीया धनमाया वि.क.स्थानीय घट्टेखोलाको खोचमा मृत अवस्थामा भेटिएकी छिन्फे।

अत्यधिक मादक पदार्थ सेवन गरी गत साउन २९ गते साँझ करिब ७ बजे घरबाट निस्किएकी धनमाया आज स्थानीय घट्टेखोलाको किनारको खोचमा पानीभित्र मृत अवस्थामा भेटिएकी हुन्। फेला परेको शव धनमायाकै भएको उनका श्रीमान् झकबहादुर वि.क.ले दिउँसो २ः१५ बजे सनाखत गरेका थिए।

शव फेला परेपछि जिल्ला प्रहरी कार्यालयअन्तर्गतको वडा प्रहरी कार्यालय बगरबाट प्रहरी निरीक्षक रामप्रसाद सापकोटाको कमाण्डमा SOCO सहित सात जनाको टोली घटनास्थलमा पुगेको थियो। मुचुल्का प्रक्रिया पूरा गरेपछि दिउँसो २ः२० बजे शव पोस्टमार्टमका लागि साबिक पश्चिमाञ्चल क्षेत्रीय अस्पताल हालको पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जानकारी दिएको छ।

धनमायाको मृत्युको कारण भने पोस्टमार्टम तथा थप अनुसन्धानपछि खुल्ने प्रहरीले जनाएको छ।

प्रतिक्रिया