गोरखामा चट्याङ लागेर एकको मृत्यु, अर्को एक घाइते

गोरखामा चट्याङ लागेर एकको मृत्यु, अर्को एक घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ४ भाद्र २०८३
  • 893
    Shares

गोरखा, ४ भदौ २०८३ 

गोरखामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने अर्को एक जना घाइते भएका छन्।

जिल्लाको बारपाक सुलिकोट गाउँपालिका–७, बालुवामा बुधबार साँझ चट्याङले लाग्दा स्थानीय ३५ वर्षीय दिलबहादुर कुँवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।

प्रहरीका अनुसार घर नजिकै रहेको पिपल चौतारामा बसिरहेका बेला साँझ करिब ७ बजे अचानक चट्याङ पर्दा कुँवर र सोही ठाउँका ५० वर्षीय प्रेमप्रसाद योगी घाइते भएका थिए। चट्याङ लागेर गम्भीर घाइते भएका कुँवरको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते योगीको उपचार भइरहेको छ। उनको अवस्था बोल्न सक्ने रहेको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।

प्रतिक्रिया