कास्कीको मादी खोलामा आएको बाढीले हाइड्रोपावरका सामग्री बगायो

कास्कीको मादी खोलामा आएको बाढीले हाइड्रोपावरका सामग्री बगायो


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ४ भाद्र २०८३
  • 684
    Shares

पोखरा,  ४ भदौ २०८३

कास्कीको मादी गाउँपालिका–१ हुगुस्थित मादी खोलामा आएको बाढीले अन्नपूर्ण जिरो हाइड्रोपावरको सामग्री बगाएको छ।

गत साउन २८ र २९ गते परेको अविरल वर्षाका कारण मादी खोलामा आएको बाढीले मेगाटेक हाइड्रो एन्ड इन्फ्रास्ट्रक्चर प्रालि (अन्नपूर्ण जिरो हाइड्रोपावर) का विभिन्न सामग्री बगाएको हो। बाढीबाट भएको क्षतिको यकिन विवरण भने खुल्न सकेको छैन।

पानीको बहाव तीव्र रहेकाले तत्काल घटनास्थलमा पुगेर क्षतिको विवरण संकलन गर्न सम्भव नभएको प्रहरीले जनाएको छ। घटनाबारे भदौ ३ गते साँझ करिब ५ बजे अस्थायी प्रहरी पोस्ट सिल्दुजुरेमा जानकारी पुगेपछि प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो।

प्रहरीका अनुसार पानीको बहाव र भौगोलिक अवस्थाका कारण घटनास्थलको थप विवरण संकलन तथा क्षतिको यकिन मूल्यांकन हुन बाँकी छ।

प्रतिक्रिया