सर्बोच्चको परमादेशमा छुटे लगत्तै प्रत्रकार किशोर श्रेष्ठबिरुद्ध उपसभामुख ठाकुरको प्रहरीमा जाहेरी

सर्बोच्चको परमादेशमा छुटे लगत्तै प्रत्रकार किशोर श्रेष्ठबिरुद्ध उपसभामुख ठाकुरको प्रहरीमा जाहेरी


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २ भाद्र २०८३
  • 893
    Shares

rubi kumari thakur with kishor shreshtha

काठमाडौं,२ भदौ २०८३।

सर्बोच्च अदालतले परमादेश दिएरै छुटेका जनआस्थाका पत्रकार किशोर श्रेष्ठबिरुद्ध उपसभामुख रुबीकुमार ठाकुरले प्रहरीमा उजुरी दिएकी छिन्।

उपसभामुख रुबीकुमार ठाकुरले जनआस्था साप्ताहिकमा आफ्नो चरित्रमाथि प्रश्न उठाउने गरी गलत समाचार प्रकाशित भएको भन्दै पत्रकार किशोर श्रेष्ठविरुद्ध जिल्ला प्रहरी कार्यालय ललितपुरमा जाहेरी दिएकी हुन्।

श्रेष्ठलाई यसअघि दीपिका सिंहको जाहेरीमा पक्राउ गरिएकोमा सर्वोच्च अदालतले सोमबार रिहा गर्न आदेश दिए पनि नयाँ जाहेरीपछि पुनः पक्राउ पर्न सक्ने सम्भावना देखिएको छ।

ठाकुरले दीपकजङ्ग आफ्नो राखी बाँध्ने दाइ भएको र उनीसँगको सम्बन्धलाई गलत रूपमा प्रस्तुत गरी समाचार प्रकाशन गरिएको दाबी गरेकी छन्। उनको सचिवालयमार्फत दर्ता गरिएको दुई पृष्ठ लामो जाहेरीमा उक्त समाचारले आफ्नो इज्जत, प्रतिष्ठा तथा प्रतिनिधिसभाको गरिमामा समेत गम्भीर क्षति पुर्‍याएको उल्लेख छ भने ललितपुर प्रहरीका प्रवक्ता एसपी गौतम मिश्रले जाहेरी दर्ता भएको पुष्टि गरेका छन्।

प्रतिक्रिया