दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारद्वारा वार्ता टोली गठन

दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारद्वारा वार्ता टोली गठन


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २ भाद्र २०८३
  • 1.5K
    Shares

durga prasain, दुर्गा प्रसाईं

काठमाडौं,२ भदौ २०८३।

काठमाडौं । सरकारले राजावादी अभियन्ता दुर्गा प्रसाईंसँग वार्ता गर्न चार सदस्यीय वार्ता टोली गठन गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सोमबार सहसचिव लिलाधर सुवेदीको संयोजकत्वमा वार्ता टोली गठन गरेको हो।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक प्रसाईंले विभिन्न माग राख्दै आन्दोलनको घोषणा गरेका थिए। उनले गत साउन २९ गते राष्ट्रिय मानव अधिकार आयोगसमक्ष समेत आफ्ना मागहरू प्रस्तुत गरेका थिए।

प्रसाईंले उठाएका विषयमा वार्ता गरी समस्या समाधानका लागि सहजीकरण गर्ने उद्देश्यले सरकारको तर्फबाट वार्ता टोली गठन गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

वार्ता टोलीमा गृह मन्त्रालयका सहसचिव ज्ञानेन्द्र काफ्ले, अर्थ मन्त्रालयका सहसचिव महेश आचार्य र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहसचिव डिलाराम पन्थी सदस्य रहेका छन्।

प्रतिक्रिया