गोरखामा महिलालाई बाटोमै बाँधेर लुटपाट गरेको आरोपमा दुई युवक पक्राउ

गोरखामा महिलालाई बाटोमै बाँधेर लुटपाट गरेको आरोपमा दुई युवक पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ३१ साउन २०८३
  • 1.9K
    Shares

गोरखा३१ साउन २०८३।

गोरखाको पालुङटार नगरपालिका–२, ओडारेमा महिलालाई बाटोमै रोकेर बाँध्दै लुटपाट गरेको आरोपमा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पालुङटार नगरपालिका–२ का २२ वर्षीय श्रीकृष्ण परियार र २३ वर्षीय कुशल एसी रहेका छन्। उनीहरूमाथि ओडारेकी एक महिलालाई बाटोमा रोकेर बाँध्नुका साथै साथमा रहेको झोला लुटेको आरोप छ।

जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार घटनामा महिलाको साथबाट नगद १ लाख ७० हजार रुपैयाँसहित विभिन्न कागजात चोरी भएको थियो।

घटनापछि प्रहरीले अनुसन्धान तथा खोजतलास अघि बढाउने क्रममा दुवै जनालाई पक्राउ गरेको हो। पक्राउ परेका उनीहरूविरुद्ध डाँका चोरीसम्बन्धी मुद्दा दर्ता गरी गोरखा जिल्ला अदालतबाट म्याद थप गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घटनामा अन्य व्यक्तिको समेत संलग्नता रहेको हुनसक्ने आशंकामा अनुसन्धान भइरहेको छ। चोरी भएको रकम तथा अन्य सामानको खोजीका साथै घटनाको थप विवरणबारे समेत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।

प्रतिक्रिया