काठमाण्डौ, २९ साउन २०८३।
रोल्पामा पहिरोमा बेपत्ता तीन जना मृत भेटिएका छन् ।
सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन जनाको शव शुक्रबार दिउँसो फेला परेको प्रहरीले जनाएको छ।
शुक्रबार बिहान ८ः१० बजे स्थानीय वीरु घर्ती मगरको घर पहिरोले पुरिँदा तीन जना बेपत्ता भएका थिए।
खोजी गर्ने क्रममा तीनै जना मृत अवस्थामा फेला परेका हुन्।
मृत फेला पर्नेमा ७७ वर्षीय वीरु घर्ती मगर, ६८ वर्षीया सनी घर्ती मगर र ७० वर्षीया लली घर्ती मगर छन्।
हिजो मात्रै रोल्पाको थबाङ गाउँपालिका–५ उवा कोटलबारामा पहिरोमा परेर १० जनाको मृत्यु भएको थियो भने ३ जना बैपत्ता छन्।