Warning: Constant WP_MEMORY_LIMIT already defined in /home/janasanc/public_html/wp-config.php on line 97

Warning: Constant WP_MAX_MEMORY_LIMIT already defined in /home/janasanc/public_html/wp-config.php on line 98
१२ वटा बैंकिङ कसुर मुद्दामा फरार भण्डारी काठमाण्डौबाट पक्राउ : दुई करोड ६५ लाख ठगी - जनसञ्चार अनलाईन | जनसञ्चार अनलाईन

१२ वटा बैंकिङ कसुर मुद्दामा फरार भण्डारी काठमाण्डौबाट पक्राउ : दुई करोड ६५ लाख ठगी

१२ वटा बैंकिङ कसुर मुद्दामा फरार भण्डारी काठमाण्डौबाट पक्राउ : दुई करोड ६५ लाख ठगी


  • जनसञ्चार डट कम संवाददाता
  • बिहिबार, २८ साउन २०८३
  • 1.5K
    Shares

ganesh bhandari , बैंकिंग कसुर

काठमाण्डौ २८ साउन २०८३।

विभिन्न १२ वटा बैंकिङ कसुर तथा चेक अनादर सम्बन्धि मुद्दा खेपिरहेका एक अभियुक्त काठमाण्डौको बालकुमारीबाट पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका–६ घर भई हाल ललितपुर महानगरपालिका–१० बालकुमारी बस्दै आएका ३३ वर्षीय गणेश भण्डारी रहेका छन्।

फैसला कार्यान्वयनका क्रममा भण्डारीलाई बालकुमारीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीविरुद्ध बैंकिङ कसुर तथा चेक अनादरसहित १२ वटा मुद्दा रहेको प्रहरीले बताएको छ।

प्रहरीका अनुसार ती मुद्दामा भण्डारीले कुल दुई करोड ६५ लाख ३४ हजार ९ सय ५८ रुपैयाँ बराबरको रकम ठगी गरेको उल्लेख छ।

अदालतको फैसलाअनुसार भण्डारीलाई १६ दिन कैद तथा १ करोड ५८ लाख ५४ हजार ६ सय ३० रुपैयाँ जरिवाना तोकिएको छ।

पक्राउ परेका भण्डारीलाई फैसला कार्यान्वयनका लागि भक्तपुर जिल्ला अदालतमा पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया