पहिरोको जोखिम बढेपछि आज रातिदेखि नारायणगढ–मुग्लिन–काठमाडौं सडक बन्द

पहिरोको जोखिम बढेपछि आज रातिदेखि नारायणगढ–मुग्लिन–काठमाडौं सडक बन्द


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २ साउन २०८३
  • 608
    Shares

landslide road blocked

चितवन, २ साउन २०८३।

 निरन्तरको वर्षा र सम्भावित पहिरोका कारण नारायणगढ–मुग्लिन हुँदै काठमाडौं जोड्ने मुख्य सडकखण्डमा आज (शुक्रबार) राति १० बजेदेखि सवारी आवागमन पूर्ण रूपमा बन्द गरिने भएको छ।

जिल्ला प्रशासन कार्यालय चितवनले जारी गरेको सूचनाअनुसार धादिङसहित आसपासका जिल्लामा लगातार वर्षा भइरहेकाले सडकमा पहिरो खस्ने र अन्य प्राकृतिक विपद्को जोखिम उच्च रहेको छ। मौसम पूर्वानुमानले पनि थप वर्षाको सम्भावना देखाएकाले यात्रुको सुरक्षालाई प्राथमिकता दिँदै अर्को सूचना जारी नभएसम्म सबै प्रकारका सवारीसाधन सञ्चालन रोक्ने निर्णय गरिएको हो।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले रातिको समयमा अत्यावश्यक कामबाहेक यात्रा नगर्न सर्वसाधारण तथा सवारी चालकलाई आग्रह गरेका छन्। प्रशासनले मौसम अनुकूल नभएसम्म यात्रा योजना स्थगित गर्न र सम्बन्धित निकायबाट जारी हुने आधिकारिक सूचनालाई नियमित रूपमा पालना गर्न अनुरोध गरेको छ।

आपत्कालीन अवस्था वा आवश्यक समन्वयका लागि नेपाल प्रहरीको १००, सशस्त्र प्रहरी बलको १११४, जिल्ला आपत्कालीन सञ्चालन केन्द्रको १२३४ तथा जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारीको ९८५५०१३९९९ नम्बरमा सम्पर्क गर्न सकिने प्रशासनले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार