हङकङमा लडेर नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको हात भाँचियो

हङकङमा लडेर नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको हात भाँचियो


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १ साउन २०८३
  • 836
    Shares

शेरबहादुर देउबाको हात भाँच्चियो

काठमाडौं, १ साउन २०८३।

नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा हङकङमा बाथरुममा लडेर घाइते भएका छन्। घटनामा उनको दायाँ हात भाँचिएको बताइएको छ।

देउवानिकट स्रोतका अनुसार केही दिनअघि भएको उक्त घटनापछि उनलाई स्थानीय अस्पतालमा उपचारका लागि लगिएको थियो। उपचार सम्पन्न भएपछि उनी अस्पतालबाट डिस्चार्ज भइसकेका छन्।

पूर्वसभापति देउवा पछिल्लो समय हङकङमा बसोबास गर्दै आएका छन्। यस अवधिमा उनी पत्नी तथा पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग हिँडडुल गरिरहेको भिडियो सामाजिक सञ्जालमा बेलाबेला सार्वजनिक हुने गरेको छ।

देउवा २०८२ साल चैत ७ गते थप उपचारका लागि सिंगापुरबाट हङकङ पुगेका थिए। त्यसअघि उनी फागुन १३ गते राति सिंगापुर एयरलाइन्सको उडानमार्फत सिंगापुर गएका थिए।

घटनाबारे नेपाली कांग्रेस वा देउवाको सचिवालयबाट भने हालसम्म कुनै औपचारिक सार्वजनिक धारणा आएको छैन।

प्रतिक्रिया