इलामको चुलाचुली गाउँपालिकाका इन्जिनियर खड्का ६ लाख घुससहित झापामा पक्राउ

इलामको चुलाचुली गाउँपालिकाका इन्जिनियर खड्का ६ लाख घुससहित झापामा पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ३१ असार २०८३
  • 1.6K
    Shares

पोखरा, ३१ असार २०८३।

इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर (छैटौँ तह) डिल्लीराज खड्का ६ लाख रूपैयाँ घुससहित झापामा पक्राउ परेका छन् ।

अख्तियारको इटहरीस्थित कार्यालय र टंगालको संयुक्त टोलीले इन्जिनियर खड्कालाई बुधबार ६ लाख रूपैयाँ घुससहित पक्राउ गरेकाे हाे ।

आयोगका अनुसार खड्काले पुलको रिडिजाइन स्वीकृत गराइदिने तथा ठेक्काको भुक्तानी प्रक्रियामा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेका थिए । सेवाग्राहीबाट ६ लाख रूपैयाँ घुस लिइसकेको अवस्थामा झापाको दमक नगरपालिका-९ स्थित एक खाजा घरबाट उनलाई नियन्त्रणमा लिइएको हो ।

प्रतिक्रिया