मधेश प्रदेशका पूर्वप्रमुख राजेश अहिराज बलात्कारी ठहरः जेल सजायँ ताेक्न बाँकी

मधेश प्रदेशका पूर्वप्रमुख राजेश अहिराज बलात्कारी ठहरः जेल सजायँ ताेक्न बाँकी


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ३१ असार २०८३
  • 1K
    Shares

Rajesh Ahiraj arrested

पोखरा, ३१ सार २०८३।

मधेश प्रदेशका पूर्वप्रमुख राजेश अहिराज भन्ने राजेश झा जबरजस्ती करणी मुद्दामा दोषी ठहर भएका छन्। 

सोमबार जिल्‌ला अदालत काठमाडौँका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलाशले अहिराजलाई दोषी ठहर गर्दै सजाय निर्धारणका लागि पेशी ताेकेकाे अदालतका सूचना अधिकारी शिव खतिवडाले जानकारी दिए। 

दोषी ठहर भएका झालाई कति सजाय हुने भन्ने बारेमा असार ३२ गते निर्धारण हुनेछ । उनीविरुद्ध एक महिलाले २०८१ जेठ ४ गते बलात्कारको आरोपमा जाहेरी दिएकी थिइन्। काठमाडौंको नयाँबानेश्वरस्थित आफ्‌नै डेरामा बलात्कार गरेको आरोप ती महिलाले लगाएकी थिइन्। 

झाले भने ती महिलाविरुद्ध उल्टै जाहेरी दिएका थिए। दुवै पक्षको जाहेरीपरेपछि अनुसन्धान नै अगाडि नबढाएको प्रहरीले २०८२ साउन ४ गते मात्रै पक्राउ गरेको थियो। १० दिनपछि उनलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। उनलाई डिल्लीबजार कारागारमा राखिएको छ। 

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले २०७७ फागुन ७ गते झालाई मधेश प्रदेशको प्रमुखमा नियुक्त गरेको थियो।

प्रतिक्रिया