आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक यादवको पनि उपचारका क्रममा मृत्यु

आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक यादवको पनि उपचारका क्रममा मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ३० असार २०८३
  • 1.5K
    Shares

पोखरा, ३० सार २०८३।

सर्लाहीका विवेक यादवको आत्मदाह प्रयासपछि उपचारका क्रममा मृत्यु भएको छ। कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत यादवको शनिबार राति करिब २ बजे निधन भएको अस्पतालका निर्देशक डा. किरण नकर्मीले जानकारी दिए।

शुक्रबार आत्मदाहको प्रयासपछि गम्भीर घाइते भएका यादवलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो। उनलाई साँझ करिब ७:३० बजे कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना गरिएको थियो। उपचारका क्रममा उनको ज्यान गएको हो।

प्रारम्भिक जानकारीअनुसार यादवले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए।आफन्तका अनुसार जीवविज्ञान (बायोलोजी) मा स्नातकोत्तर (एमएस्सी) गरेका यादव विगत एक वर्षदेखि मानसिक तनावमा थिए। उनी रामनगरस्थित एक विद्यालयमा अध्यापन गराउँदै आएका थिए। विद्यालयले उनको स्थानमा अर्का शिक्षक नियुक्त गरेपछि उनी बेरोजगार बनेका थिए। त्यसयता उनी घरमै बस्दै आएका थिए।

यादवकी भाउजू शान्तिदेवी मण्डलका अनुसार, “एक वर्षदेखि उहाँ घरमै बस्नुभएको थियो। बेरोजगारीपछि उहाँ मानसिक तनावमा पर्नुभएको थियो। शुक्रबार दिउँसो करिब १२ बजेतिर सिसौटिया बजारचोकमा एक्कासी आत्मदाहको प्रयास गर्नुभयो।”

यस अघि काठमाण्डौमै आत्मदाह प्रयास गरेका मुगुका गणेश नेपाली र काठमाडौंको बुद्धनगरका ४५ वर्षीय अस्विन राउतको बीर अस्पतालमा उपचाराकी क्रममा निधन भएको थियो

प्रतिक्रिया