बाल यौन दुर्ब्यबहारको आरोपमा पोखराबाट प्रधानाध्यापक रानाभाट पक्राउ

बाल यौन दुर्ब्यबहारको आरोपमा पोखराबाट प्रधानाध्यापक रानाभाट पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २९ असार २०८३
  • 3.9K
    Shares

पोखरा , २९ असार २०८३।

पोखरा महानगरपालिका–१२ ढिकालेथरस्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक रुद्र रानाभाट पक्राउ परेका छन्।

प्रधानाध्यापक रानाभाटलाई प्रहरीले बाल यौन दुर्ब्यबहारको आरोपमा गएको शुक्रबार पक्राउ गरेको हो।

सोही बिद्यालयमा अध्ययनरत बालबालिकाले दिएको उजुरीका आधारमा प्रधानाध्यापक रानाभाटलाई पक्राउ गरी बाल यौन दुर्ब्यबहार सम्बन्धि कसुरमा कास्की जिल्ला अदालतबाट चार दिनको म्याद थप अनुमति लिएर अनुसन्धान प्रक्रिया बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वीरेन्द्र पासवानले जानकारी दिए।

प्रहरीका अनुसार पीडित बालबालिकाहरुले दिएको उजुरीका प्रधानाध्यापक रानाभाटले आफूहरुलाई विभिन्न प्रलोभन देखाउने, अनुचित प्रस्ताव राख्ने, शरीरका संवेदनशील अंगहरूमा अनुचित रूपमा छुने तथा लामो समयदेखि यस्ता व्यवहार दोहोर्‍याउँदै आएको आरोप लगाएका छन्उ।

उजुरीमा उनले घटनाबारे कसैलाई जानकारी दिए परिणाम राम्रो नहुने भन्दै बालबालिकालाई डर र धम्कीसमेत दिने गरेको दाबी गरिएको छ।

यस्ता व्यवहार पटक–पटक दोहोरिएको भन्दै केही बालबालिकाले बाल अधिकारका क्षेत्रमा काम गर्ने सरोकारवाला र स्थानीय अभिभावकको सहयोगमा प्रहरीसमक्ष उजुरी दिएका थिए। सोही उजुरीका आधारमा प्रहरीले अनुसन्धान सुरु गर्दै रानाभाटलाई पक्राउ गरेको जनाएको छ।

डीएसपी पासवानका अनुसार घटनासम्बन्धी थप अनुसन्धान जारी छ। प्रहरीले प्रमाण सङ्कलन, पीडित तथा सम्बन्धित व्यक्तिहरूको बयान लिने लगायतका कानुनी प्रक्रिया अगाडि बढाइरहेको जनाएको छ।

यसैबीच, स्थानीयवासीले रानाभाटमाथि विद्यालय सञ्चालनमा अनुत्तरदायी भूमिका खेलेको, अघिल्लो विद्यालय व्यवस्थापन समितिलाई बेवास्ता गरेको तथा विभिन्न निकायमा आफ्नो पहुँच प्रयोग गरी व्यवस्थापन समितिमा आफू अनुकूलका व्यक्तिलाई ल्याउने प्रयास गरेको आरोप लगाएका छन्।

प्रतिक्रिया