समर्थक र कार्यकर्ताले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडी कुरिरहे :दुर्गा प्रसाईलाई प्रहरीले सुटुक्क घर पुर्याइदियो

समर्थक र कार्यकर्ताले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडी कुरिरहे :दुर्गा प्रसाईलाई प्रहरीले सुटुक्क घर पुर्याइदियो


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २८ असार २०८३
  • 817
    Shares

काठमाण्डौ, २८ असार २०८३।

नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईलाई स्वागत गर्न उनका समर्थक तथा कार्यकर्ताहरु  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडी कुरिरहे। तर प्रहरीले  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै पत्रकार सम्मलेन गर्न खोजेको भन्दै प्रसाईंलाई नियन्त्रणमा लिएर उनको भक्तपुरस्थित घर पुर्‍याई दिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार प्रसाईंले विमानस्थलमै कार्यक्रम गर्न लागेका थिए । निषेधित क्षेत्रभित्र कार्यक्रम गर्न खाजेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर भक्तपुरस्थित उनको घर पुर्‍याएको हो ।

उनले गणेश नेपालीको न्यायका लागि भन्दै विमानस्थलमै विशेष सम्बोधन गर्न लागेका थिए । घर पुगेपछि प्रसाईंले भने, ‘मलाई विमानस्थलमा बोल्नै दिएन, पुलिसले पक्रेर भ्यानमा हाल्यो, अहिले मलाई घरमै ल्याएर छाडेको छ।’

उनले आत्मदाह गरेका गणेश नेपालीको न्यायका लागि भन्दै विमानस्थलमै सम्बोधन गर्न लागेका थिए।

प्रसाईं आजै झापाबाट काठमाडौँस्थित त्रिभुवन विमानस्थलमा ओर्लिएका थिए। 

प्रतिक्रिया